नियम ५
दैनिक तथा भ्रमण भत्ताको विशेष सहुलियत ः
खनिज सर्भेक्षण दलको कर्मचारीले–
(क) खनिज सर्भेक्षण सम्बन्धी काममा राती कतै बस्न परे वा आफ्नो इलाका बाहिर भ्रमण गर्नु परेमा रात बस्नु परेका दिनको वा भ्रमण गर्नु परेका अवधिको कानून बमोजिम पूरा दैनिक भत्ता पाउनेछ,
(ख) खनिज सर्भेक्षण सम्बन्धी काममा भ्रमण गरेकोमा तराई क्षेत्रमा भए टोपोग्राफिकल नक्शाबाट देखिन आए जति फासला कायम गरी र सो बाहेक अन्य क्षेत्रमा भए त्यस्तो नक्शाबाट देखिन आएको फासलामा डेढी बढाइ फासला कायम गरी प्रचलित कानून बमोजिम भ्रमण भत्ता पाउनेछ ।
(ग) भ्रमण खर्च नियमावली, २०६४ मा जुनसुकै कुरा लेखिएको भए तापनि यी नियमहरू बमोजिम खनिज सर्भेक्षण कार्यमा खटिने कर्मचारीले दैनिक पैदल भ्रमण गर्नु पर्ने न्यूनतम दुरी विभागले निर्धारण गरिदिए बमोजिम हुनेछ ।